काठमाडौं । मान्नुहोस्, एउटा मलको खुला क्षेत्रमा सांगीतिक कार्यक्रम चलिरहेको छ । तपाईं यसको मजा लिदै हुनुहुन्छ । केहि समय पछि अचानक तपाईको हात तपाईको प्यान्टको अगाडिको खल्तीमा जान्छ ।

त्यसबेला तपाईंको होस उड्छ। तपाईंको मोबाइल फोन हरायो । यो जो कोहीसँग हुन सक्छ । मोबाइल चोरहरूले तपाईंको फोनलाई जुन बेला पनि चोर्न सक्छन् ।

तपाईको फोनको चोरीपछि निजी कागजात र व्यक्तिगत डाटा पनि खतरामा पर्छ । साथै, तपाईंले नयाँ फोनमा धेरै पैसा खर्च गर्नुपर्नेछ । यदि तपाईको मोबाइल चोरी भएको छ भने, हामी तपाईलाई केही यस्ता टिप्स दिइरहेका छौं, जसको प्रयोग गरेर तपाई थप क्षतिबाट बच्न सक्नुहुन्छ ।

१. तुरुन्तै आफ्नो मोबाइल ब्लक गर्नुहोस्
डिजिटल सुरक्षा विशेषज्ञ एमिलियो सिमोनी भन्छन्, ‘यदि तपाईको मोबाइल फोन चोरी भएको छ भने, पहिलो कुरा तुरुन्तै मोबाइल लक गर्नुपर्छ ।’

टेलिकमलाई सम्पर्क गरेर चिप कार्ड बन्द गर्न आवश्यक छ । त्यस्तो गर्दा चोरी भएको नम्बरको गलत्त प्रयोग हुँदैन् । चिप कार्ड बन्द गर्नका लागि तत्काल सम्बन्धित टेलिकम कम्पनिसँग सम्पर्क गर्नुपर्छ ।

इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई)बाट पनि यो गर्न सम्भव छ। यो एक अन्तर्राष्ट्रिय रजिस्ट्री हो, जसको माध्यमबाट तपाईले तुरुन्तै मोबाइल बन्द गर्न सक्नुहुन्छ । त्यसैले यो कोड कतै लेख्नुहोस्, यसलाई राख्नुहोस् । तपाईंले यो नम्बर मोबाइल बाकस वा मोबाइल फोनमा पाउन सक्नुहुन्छ ।

२. आफ्नो एपको पासवर्ड परिवर्तन गर्नुहोस्
सिमोनीका अनुसार मोबाइलमा रहेका सबै एपको पासवर्ड परिवर्तन गर्नुपर्छ । अन्यथा, फोन चोरहरूले तपाईंको व्यक्तिगत र अन्य महत्त्वपूर्ण जानकारीसम्म पहुँच पाउन सक्छन् ।

सामान्यतया, बैंकिङ एपहरूले आफैलाई प्रमाणीकरण गर्दैनन् । तर इ–मेल, सामाजिक सञ्जालले प्रयोगकर्ताहरूलाई एसएमएस प्रमाणीकरण मार्फत पासवर्ड परिवर्तन गर्न अनुमति दिन्छ ।

केही एपहरूले उपकरणको वेबसाइटहरूमा पासवर्ड परिवर्तन गर्न अनुमति दिन्छ । यसबाट तपाईले तुरुन्तै सबै कुरा परिवर्तन गर्न सक्नुहुन्छ । फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल पासवर्डहरू सुरक्षा र लगइन सेक्सनमा गएर परिवर्तन गर्न सकिन्छ । तपाईले व्यक्तिगत जानकारी सेक्सनमा गएर जीमेलको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

३. तपाईंको बैंक र वित्तीय संस्थाहरूलाई सूचित गर्नुहोस्
यदि तपाईंको फोन चोरी भएको छ भने, तुरुन्तै आफ्नो बैंक र अन्य वित्तीय संस्थाहरूलाई सूचित गर्नुहोस् । यसबाट, बैंकहरूले तपाईंको फोनमा एप ब्लक गर्न सक्षम हुनेछन् ।

यदि अपराधीहरूले तपाईंको खाताबाट तेस्रो पक्षको खातामा पैसा ट्रान्सफर गर्दैछन् भने, यो पनि रोकिनेछ । यस प्रकारको सेवा प्रदान गर्न प्रत्येक बैंकको आफ्नै च्यानल छ । सामान्यतया यो तिनीहरूको वेबसाइटमा उल्लेख हुन्छ । बैंकका फोन सम्पर्कहरू गुगलमा पनि फेला पार्न सकिन्छ ।

४. आफ्नो साथी र परिवारलाई निश्चित बताउनुहोस्
फोन चोरी भएमा परिवार र साथीहरूलाई जानकारी गराउनु महत्त्वपूर्ण हुन्छ । किनभने अपराधीहरूले मेसेजिङ एप्स वा सामाजिक सञ्जालहरूमा तपाईंका आफन्त र साथीहरूको सम्पर्क नम्बरहरू फेला पार्न सक्छन् । परिवारका सदस्यहरूलाई ठगीको शिकार बन्न सक्छन् । चोरले आफन्तसँग पैसा वा बैंक विवरणहरू सोध्न सक्छन् ।

५. प्रहरीमा उजुरी दर्ता गर्नुहोस्
मोबाइल चोरी भएपछि प्रहरीमा तत्काल उजुरी गर्नुहोस् । यस कदमबाट, तपाईको फोन चोरी भएको प्रमाण हुनेछ । तपाईलाई यो प्रमाण बैंक, बीमा कम्पनी र केहि अन्य ठाउँहरूमा पनि चाहिन सक्छ ।

धेरै पटक मोबाइल चोरी भएपछि त्यसमा रहेको आफ्नो परिचयसँग सम्बन्धित कागजात पनि चोरी हुन्छ । परिचय खुल्ने कागजातहरू बिना, तपाईंले समस्याहरू भोग्नु पर्ने हुन सक्छ । प्रहरीले तपाईलाई सोधपुछ गर्न सक्छ ।

त्यसैले प्रहरीमा उजुरी दिन जरुरी छ । उजुरी दर्ता गरेपछि चोरीको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको हुन्छ । धेरैजसो फोन कहाँबाट चोरी हुन्छ भन्ने पनि प्रहरीले अनुमान लगाउन सक्छ । उजुरी गर्दा चोरी भएको ठाउँका मानिसहरूलाई सतर्क रहन प्रहरीले सचेतना जारी गर्न सक्छ ।

सम्बन्धित खबरहरु