काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज देउवाले ५ सदस्यीय टोलीसँग भेट गर्नुभएको हो ।

भेटमा नेपाल–अमेरिका मित्रता र सरकार, संसद् र जनता आबद्ध बहु आयामिक साझेदारीका उपायबारे बिचार आदान प्रदान गरियो । संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेको हो ।

नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसर पारी अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल नेपाल आएको छ ।

सिनेटर कर्स्टन जिलिब्रान्डको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सिनेटर शेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली तथा प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स रहनु भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार प्रतिनिधिमण्डलले हिमाली क्षेत्रमा विश्वव्यापी जलवायु परिवर्तनले पारेको असरबारे जानकारी लिनमा आफ्नो भ्रमण केन्द्रित रहने छ ।

रुसी आक्रमणको विरुद्ध युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सकिन्छ भन्ने बुझ्नका लागि अमेरिकी संसदीय प्रतिनिधिमण्डलले विभिन्न देशको भ्रमण गर्दै आइरहेको छ ।

https://twitter.com/SherBDeuba/status/1517753288506048512

सम्बन्धित खबरहरु