काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ वटा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया रहनु भएको छ ।

ललितपुरको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाइने भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यसबारे जानकारी गराउनुभयो । त्यस्तै पोखराको मेयरमा शंकर खराल, उपमेयरमा रञ्जना सेनलाई उम्मेदवार बनाइएको छ ।

अर्कोतिर वीरगञ्जको मेयरमा गिरिश गिरी र उपमेयरमा विना जयसवाल उम्मेदवार बन्ने पक्का भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विराटनगर र भरतपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार पनि चाँडै टुंगो लाग्नेछ ।

 

सम्बन्धित खबरहरु