काठमाडौ । काठमाडौंको पेप्सीकोलामा भयानक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

गुडिरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएर भएको दुर्घटनामा ओखलढुंगाको सुनकोसी गाउँपालिका–६ का कमल आलेमगर र गोपाल आलेमगरको मृत्यु भएको बताइएको छ ।

आज बिहान करिब ५ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनीहरुको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु