काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिभावकहरूलाई विशेष अनुरोध गरेका छन् ।

आइतबार आफ्नो ‘मन की बात’ रेडियो कार्यक्रममा मोदीले अभिभावकहरूलाई बच्चाहरूलाई वैदिक गणित सिकाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘सबै अभिभावकहरूले आफ्ना छोराछोरीलाई वैदिक गणित सिकाउनुपर्छ भन्ने चाहन्छु, यसबाट उनीहरूको आत्मविश्‍वास मात्रै बृद्धि हुनेछैन, उनीहरूको मस्तिष्कको विश्लेषणात्मक शक्ति पनि बढ्नेछ ।

कतिपय बालबालिकामा गणितको बारेमा जतिसुकै डर पनि छ, त्यो डर पनि पूर्ण रूपमा समाप्त हुनेछ ।’ यस कार्यक्रममा प्रधानमन्त्री मोदीले वैदिक गणितमा रुचि राख्ने कोलकाताका गौरव टेकरीवालसँग कुरा गरे ।

प्रधानमन्त्री मोदीले गौरवलाई सोधे, ‘यस विषयमा कसरी रुचि आयो ?’ यसबारे गौरवले क्याटको तयारीका क्रममा उनकी आमाले आफूलाई स्वामी श्री भारतीकृष्ण तीर्थ जी महाराजको वैदिक गणित नामको पुस्तक दिएको बताए ।

उनका अनुसार यसमा, १६ सूत्रहरू दिइएको थियो, जसले गणित धेरै सजिलो बनाउँछ ।

प्रधानमन्त्री मोदीले भने, ‘वैदिक गणितको सबैभन्दा महत्त्वपूर्ण कुरा यो थियो कि यसको माध्यमबाट तपाईले आँखा झिम्काउँदा सबैभन्दा गाह्रो गणना पनि गर्न सक्नुहुन्छ ।’

सम्बन्धित खबरहरु