काठमाडौं । भारतमा आलिया भट्ट र रणवीर कपूरसँगै अर्को एक जोडी पनि विवाहका कारण चर्चामा रहेको छ ।

आईएएस टीना डाबी र प्रदीप गावन्डे विवाह बन्धनमा बाँधिएका छन् । दुवैले राजस्थान, जयपुरको एक होटलमा समारोहबीच विवाह गरेका हुन् ।

उनीहरु दुवैले डा. भीमराव अम्बेडकरलाई साक्षी मानेर जीवनभर सँगै रहने वाचा गरेका छन् ।

टीना र प्रदीपको विवाहको तस्विर पनि सार्वजनिक भएका छन् । बिहेको दिनको तस्विरमा टीना डाबी र प्रदीप गावन्डे दुवै सेतो कपडामा देखिएका थिए । विवाह संस्कारमा अम्बेडकरको तस्विर राख्नुको अर्थ उनलाई सम्मान गरौँ भन्ने सन्देश दिन खोजेको बताइन्छ ।

टीना डाबी र प्रदीप गावन्डेको रिसेप्शन शुक्रबार राजधानी जयपुरको बाइस गोडाउनमा रहेको प्रसिद्ध होटल हलिडे इनमा भएको थियो । रिसेप्शनमा कर्मचारीतन्त्र र राजनीतिसँग सम्बन्धित व्यक्तिहरूलाई बोलाइएको थियो ।

स्वागत समारोहमा धेरै आईएएस, आईपीएस र राज्य सेवा अधिकारीहरू उपस्थित थिए । होटलमा राजस्थानी शैलीमा विशेष सजावट गरिएको थियो । टीना डाबी हाल अर्थ विभागमा सहसचिव छिन् ।

उनका श्रीमान् प्रदीप गावन्डे उच्च शिक्षा विभागमा सहसचिव छन् । यी दुईले हालै सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको खुलासा गरेका थिए ।

टीना डाबीसँग बिहेको घोषणा गरेपछि प्रदीप गावन्डेका फलोअर पनि ह्वात्तै बढेका छन् । तर आफूहरुको सम्बन्धबारे जानकारी दिएको तीन दिनपछि दुवैले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट डिलिट गरेका थिए ।

प्रदीप गावन्डेको परिवार मराठी हो । टीनाकी आमा पनि मराठी हुन् । दुवै एससी समुदायका हुन् । मराठी रीतिरिवाजको प्रभाव विवाह संस्कारमा देखिएको थियो ।

उनी सबैभन्दा कम उमेरमा पहिलो नम्बरमा सरकारी अधिकृत पदमा नाम निकाल्न सफल पहिलो महिला हुन् । उनले यसअघि आफ्नै ब्याचका अधिकृतसँग विवाह गरेकी थिइन् । टीनाले उनीसँगको सम्बन्ध तोडेर दोस्रो विवाह गरेकी हुन् ।

 

सम्बन्धित खबरहरु