काठमाडौ । पोखरा महानगरपालिकामा कांग्रेसमा चरम विवाद देखिएको छ ।

चुनावी तालमेलको विपक्षमा नेपाली कांग्रेसका नेता कार्यकर्ता नै उत्रिएपछि त्यहाँ विवाद चुलिएको हो ।

विवाद चुलिएपछि नेता कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालय भित्रै थुनिदिएका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारीहरु बैठकमा बसिरहेका बेला बाहिरबाट थुनिदिएका हुन् ।

सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

कांग्रेसका जिल्ला सचिव भानु ढकालले आफूहरु थुनिएको पुष्टि गर्नुभएको छ । ‘भित्र बैठक चलिरहेको छ ।

कार्यकर्ताहरु आएर थुनिदिनुभएको छ । बाहिर निस्किन दिनुभएको छैन । बाहिर गेटमा ताल्चा लगाएर नेता कार्यकर्ताहरु नाराबाजी गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु