पोखरा । पोखरा महानगरपालिकामा कांग्रेसका लागि निक्कै ठूलो झड्का लागेको छ ।

मेयरमा नेपाली कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पोखरा १४ निवासी कार्कीले कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा कांग्रेसका मतदातालाई हँसिया हतौडामा, पोखरामा कलममा र गोरखामा आँखामा भोट हाल्न बाध्य पारेको विरुद्ध आफूले उम्मेदवारी दर्ता गराएको कार्कीले स्पष्ट पार्नुभएको छ ।

कार्की नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्व सभापति हुनुहुन्छ ।

कुनै पनि दबाब र प्रभावमा आएर उम्मेदवारी फिर्ता नलिने कार्कीले प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले पोखराका जनताले आफूलाई नै जिताउने विश्वास व्यक्त गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु