खोटाङ । नेकपा एमालेले खोटाङ जिल्लाका सबै स्थानीय तहमा आइतबार उम्मेदवार टुंग्याएको छ ।

जिल्ला कमिटीबाट सिफारिस भएका नामलाई प्रदेश कमिटीले अनुमोदन गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्य, उपप्रमुखमा राजकुमारी राई, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ राई, उपप्रमुखमा तुलसा बुढाथोकी, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई, उपाध्यक्षमा मैयाँ सुनुवार, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई, उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेदवारको टिकट दिइएको छ ।

त्यस्तै रावाबेंसी गाउँपालिका अध्यक्षमा हरिकुमार पोखरेल, उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राई, उपाध्यक्षमा अरुणा थापा मगर, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई, उपाध्यक्षमा राजन बन्जरा, बराहापोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर, उपाध्यक्षमा जीवनकुमार राई, जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा शंकरबहादुर राई र उपाध्यक्षमा विमला राई र साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण बस्नेत र उपाध्यक्षमा दिलकुमारी राईलाई उम्मेदवार छानेको एमाले खोटाङका सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।

सचिव आचार्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदको उम्मेदवार हुनुहुन्छ । उहाँ हेभी वेटका उम्मेदवार देखिनुभएको छ ।

लामो समयसम्म पार्टीको पदाधिकारी भएर काम गरिरहनुभएका आचार्य जिल्लाका सबै राजनीतिक दलका शीर्ष नेतामा पर्नुहुन्छ ।

यसअघिपनि जनप्रतिनिधिको रुपमा उत्कृष्ट काम गरेको अनुभव रहेकाले उहाँले बाजी मार्ने आँकलन छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एमालेको लाल किल्ला मानिएको खोटाङको साविकको सदरमुकाम हो । साविकको गाउँ विकास समिति हुँदा समेत आचार्यले उपाध्यक्षको रुपमा काम गरिसक्नुभएको छ । विकासप्रेमी नेताको रुपमा परिचित आचार्यलाई फेरीपनि दिरुमनपाका नागरिकले खोजिरहेका छन् ।

सम्बन्धित खबरहरु