काठमाडौ । नेपाली कांग्रेसले पालिका प्रमुखहरुको टिकट नै खरिद–बिक्रिमा राखिदिएपछि कांग्रेस मात्र हैन गठबन्धन नै संकटमा परेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदको उम्मेदवार किनबेच भएको तथ्य बाहिर आएपछि अहिले त्यहाँ धान्न नसक्ने कम्पनको भूइचालो आएको छ ।

तिर्थ भट्टराईले मेयर पाउनेगरी पार्टीका तल्ला निकायबाट सिफारिस गरेर पठाएपनि माथीबाट धर्मराज पोखरेललाई टिकट दिने निर्णय बाहिरिएसँगै अहिले कांग्रेसमा असन्तुष्टिको बाढी आएको छ ।

अधिकांश नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा मेयर पदको टिकट पैसामा बिक्रि भएको आरोप लगाएका छन् ।

धर्मराजले उम्मेदवारी दर्ता गराए, विद्रोह गर्ने नेता कार्यकर्ताहरुले सार्वजनिक रुपमा चेतवानी दिइरहेका छन् ।

आज बिहानबाट मात्र यो परिवर्तन भएका कारण अब टिकट परिवर्तन गर्न सम्भवन नभएकाले असन्तुष्टिकै माझमा धर्मराजले उम्मेदवारी दर्ता गराउने तयारी गरिसकेका छन् ।

हातमा पार्टीले दिएको वैधानिक लेटरहेडको टिकट उहाँसँग छ, उहाँ उम्मेदवारी दर्ता गराउँने तयारीमा जुटिसक्नुभएको धर्मराज निकट एक नेताले जानकारी दिए ।

कांग्रेसले अन्तिम समयमा आएर काठमाडौमा बस्ने कलाकारलाई टिकट दिएका कारण चुनावी तालमेलमा सहभागी हुन नसक्ने निश्कर्षमा गठबन्धनका दलहरुपनि लागिसकेका छन् ।

केन्द्रीय नेतृत्वको निर्देशन मान्ने हो भने, अब साझा चुनाव चिन्हमा मत माग्नुपर्नेछ । हामीले समेत अब रुखमा भोट है भन्दै हिँड्नुपर्ने दिन आएको छ । त्यो माथी टुरिष्ट कलाकारलाई टिकट दिएपछि कसरी जित्ने ।

चुनाव नजित्ने हो भने किन, गठबन्धन गर्ने, हामी तालमेल भत्काउँछौ नेकपा माओवादी केन्द्रका एक नेताले नाम नखुलाउने शर्तमा भने ।

यसैपनि हामी माओवादीलाई सात छाप रुखमा है भन्न अति असहज थियो । माओवादीको किल्ला मानिएको क्षेत्रमा रुखमा भोट माग्न र दिन हाम्रो आत्मा नमानिरहेका बेला यो निहुँ जस्तो भयो उनले भने ।

यो अवस्था हेर्दा अब खोटाङको सदरमुकाम समेत रहेको दिरुमनपामा गठबन्धनपनि टिक्न नसक्ने र एमालेले बाजी मार्ने सहज आँकलन गर्न सक्ने अवस्था देखिन्छ ।

धर्मराज पोखरेल नेपाली कांग्रेस खोटाङका महाधिबेशन प्रतिनिधि हुन् । उनी लोक दोहोरी गायक हुन् । गायन क्षेत्रमा काठमाडौमा नै अल्मलिएका उनलाई नगरवासीले खासै चिन्दैनन् । गायन क्षेत्रमा समेत त्यति चर्चा कमाउन नसकेपछि उनी राजनीतिमा पाईला टेक्न खोज्दैछन् ।

 

सम्बन्धित खबरहरु