झापा । नेपाली कांग्रेस मेचीनगरमा दुईजना व्यक्तिलाई मेयर पदका लागि उम्मेद्वार घोषणा गरिएको छ ।

पार्टीको प्रदेश समितिले नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष केशवकुमार पाण्डेलाई उम्मेदवार घोषणा गरे लगत्तै केन्द्रीय पार्टी कार्यालयबाट इन्द्रकुमार बुढाथोकीलाई उम्मेदवार बनाउने पत्र आएको छ ।

पत्रमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

निर्वाचन कार्यालय मेचीनगरलाई लेखिएको पत्रमा मेचीनगर नगरपालिकाको प्रथम पदमा इन्द्र्रबहादुर बुढाथोकीलाई नेपाली कांग्रेसको तर्फबाट पार्टीको आधिकारिक उम्मेदवार भएको व्यहोरा प्रमाणित गरिएको जनाएको छ ।

पार्टीको प्रदेश समितिले भने नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष केशवकुमार पाण्डे नै कांग्रेसको आधिकारीक उम्मेदवार भएको पत्र दिइएको छ ।

दुबै पत्र बोकेर दुवै उम्मेदवारहरु निर्वाचन कार्यालय मेचीनगर पुगेका थिए । त्यही उनीहरुका दुई समूहबीच घम्साघम्सी भएको थियो ।

झडपको स्थिती आउने देखेपछि प्रहरीले भीडलाई तितरवितर गर्न खोजेको छ । निर्वाचन कार्यालय मेचीनगरले भने कसको पत्रलाई आधिकारीक मानेर मनोनयन गर्दा गर्ने भन्ने विषयमा परामर्श गरिरहेको छ ।

सम्बन्धित खबरहरु