काठमाडौं । भारत, राजस्थानमा आईएएस अधिकारी टीना डाबी र डा. प्रदीप गावण्डे बिवाह बन्धनमा बाँधिएको धेरै भएको छैन ।

दुवैको विवाहको तस्विर पनि सार्वजनिक भइसकेको छ । तर अहिले टीना डाबीकी आईएएस बहिनी रिया दाबीले एक भिडियो शेयर गरेर सामाजिक सञ्जालमा सनसनी मच्चाएकी छन् ।

यो भिडियो टीना डाबीको बिहेको हो । यसमा उनीहरुको विवाह, मेहेन्दी, संगीत समारोहको झलक देखाइएको छ । भिडियोमा सेतो साडीमा श्रीमान् प्रदिप गावण्डेसँगै टीना डाबी सुन्दर देखिएकी छिन् ।

त्यसपछि टीना डाबी रातो रंगको लेहेंगामा हेन्ना लगाइरहेकी छिन् । त्यसै क्रममा टीना दाबी, बहिनी रिया र साथीहरु पनि ‘ये तेरी चन्द बलियाँ’ गीतमा नाच्दै छन् ।

यो भिडियो रिया डाबीले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । जसलाई एक लाख भन्दा धेरैले लाइक गरे भने हजारौंको संख्यामा प्रतिकृया पनि आएका छन् ।

बिहेपछि टीना डाबीले आफ्नो प्रोफाइल तस्विर परिवर्तन गरेकी छिन् । टीनाले विवाहपछि पहिलो पटक आफ्नो ट्विटर प्रोफाइल तस्वीर परिवर्तन गरेकी हुन् ।

तस्विरमा उनी आफ्ना आईएएस पति डा. प्रदीप गावण्डेसँग देखिएकी छिन् । उनले आफ्नो यो तस्विर नयाँ प्रोफाइल भन्दै पोस्ट गरेकी छिन् । नयाँ प्रोफाइलमा उनीहरुको जोडी धेरै सुन्दर देखिन्छ ।

सोफामा बसेर दुवैजना पोज दिइरहेका छन् । यससँगै दुवैले मिल्दोजुल्दो लुगा पनि लगाएका छन् । टीना डाबी र डा. प्रदीप गावण्डेले २० अप्रिलमा डा. भीमराव अम्बेडकरको तस्विरलाई साक्षी मानेर विवाह गरेका थिए ।

त्यसपछि २२ अप्रिलमा जयपुरको विलासी होटलमा रिसेप्शन दिइएको थियो । टीना र प्रदीपको विवाह २० अप्रिलमा भएको थियो, त्यसमा निकै कम मानिसहरु उपस्थित थिए ।

यसको एउटा तस्विर मात्रै सार्वजनिक भएको छ, जसमा यो जोडी डा. अम्बेडकरको तस्विरको अगाडि उभिएको छ । यो तस्विरमा दुबै जना निकै खुसी देखिएका छन् । दुवैले सेतो लुगा लगाएका थिए ।

उनको यो दोस्रो विहे हो । उनले पहिले आफूसँग नै अधिकृतमा नाम निकालेका ब्याजीसँग विहे गरेकी थिइन् । उनीसँग डिभोर्स गरेर उपसचिवसँगै नै विहे गरेपछि भारतमा खुबै चर्चा भइरहेको छ ।

सम्बन्धित खबरहरु