काठमाडौं । प्रायः सबै कर्मचारीहरू आफ्नो काम पूरा गर्न कडा मेहनत गरिरहेका हुन्छन् ।

तर कहिलेकाहीँ कार्यालयबाट यस्ता धेरै घटनाहरु बाहिर आउने गरेका छन्, जसले सबैलाई हैरान बनाउँछ । कहिलेकाहीँ यस्ता काममा कार्यालयका हाकिम पनि संलग्न हुने गरेको पाइएको छ ।

यस्तै एउटा घटना सार्वजनिक भएको छ, जहाँ एक मालिकले महिला कर्मचारीलाई पठाएको सन्देशका कारण हंगामा मच्चिएको हो ।

वास्तवमा यो घटना युरोपको एउटा सहरको हो । डेली स्टारमा प्रकाशित समाचारमा घटनाबारे खुलासा भएपनि कार्यालय र त्यहाँ रहेका महिला कर्मचारीको नाम भने गोप्य राखिएको छ ।

रिपोर्ट अनुसार मालिकको तर्फबाट महिला कामदारहरूलाई एक इमेल पठाइएको थियो । इमेलमा हाकिमले आफ्ना महिला कर्मचारीलाई कार्यालयमा लुगा लगाउन र सरसफाइमा ध्यान दिन भनेका थिए ।

त्यो मात्रै नभएर बाथरुम कसरी प्रयोग गर्ने र कसरी नुहाउने भन्ने कुरा पनि इमेलमा बताए । हाकिमले पठाएको यो सन्देश देख्ने बित्तिकै महिला कर्मचारीहरु छक्क परे ।

कतिपयले यो कुरा सार्वजनिक गरेका छन् । त्यसपछि कार्यालयमा हलचल मच्चियो । मानिसहरुले यो कुरा आपत्तिजनक भएको भन्दै हाकिमलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।

यी मध्ये एक महिला कर्मचारीले सामाजिक सञ्जाल प्लेटफर्म रेडिटमा आफ्नो कुरा साझा गरेकी थिइन् । उनले आफ्नो कार्यालयमा महिला कर्मचारीलाई हाकिमले पटक पटक दुव्र्यवहार गर्ने गरेको बताइन् ।

महिलाको कुरा सुनेपछि सामाजिक सञ्जालमा मानिसहरु आक्रोशित भएका छन् । यद्यपी यस विषयमा कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।

 

सम्बन्धित खबरहरु