ग्राहकलाई जवर्जस्ति गर्न खाज्ने होटल मालिक पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १६ माघ, २०७१

उदयपुर । ग्राहकलाई जवर्जस्ति गर्न खोजेको आरोपमा उदयपुरको कटारी नगरपालिका स्थित कटारी बजारका एक होटल सञ्चालक पक्राउ परेको छ । पक्राउ पर्नेमा हिमगंगा होटल सञ्चालन गर्दै आएको ३० बर्षीय सञ्चालक सन्तोषप्रसाद साह रहेको छ । बासबस्न भन्दै बाबुसँग होटलमा गएकी महिला माथि सञ्चालक साहले जवर्जस्ति गर्न खाजेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बधवार बिहान बाबु बाहिर निस्किएको समयमा सञ्चालक साहले मुख थुन्दै जवर्जस्ति गर्ने प्रयास गरेको थियो । पीडितले सञ्चालक साह बिरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरि साहलाई ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको    छ ।

 

सम्बन्धित खबरहरु