काठमाडौं । सामान्यतया अवैध निर्माण भत्काउन होस वा नयाँ बनाउन जेसीबीको प्रयोग हुन्छ ।

तर हालै चोरीका लागि पनि जेसीबीको प्रयोग गरिएको खुलेको छ । भारत, पश्चिम महाराष्ट्रको सांगली जिल्लाबाट एउटा अचम्मको घटना बाहिर आएको हो ।

त्यहाँ जेसीबीको सहयोगमा एटीएम मेसिन चोरी गरियो । सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ ।

सीसीटीभी भिडियोमा जेसीबीको सहयोगमा एटीएमको सिसा फुटाएर एटीएम मेसिन निकाल्दै गरेको देखिन्छ । घटना सांगली जिल्लाको मिरज तालुकको हो । मिरजको आगराचोकमा जेसीबी ल्याएर एक्सिस बैंकको एटीएम निकालिएको थियो ।

चोरीको यो अनौठो कार्य देखेर प्रहरीको पनि होश उडेको छ । यससँगै गाउँका मानिसहरु पनि चोरीको घटनाले अचम्ममा परेका छन् । घटना शनिबार मध्यरातमा भएको बताइएको छ ।

यसैबीच अहिले घटनाको सीसीटीभी फुटेज बाहिर आएको छ । यस सीसीटीभीमा एक व्यक्ति एटीएम भित्र पसेका छन् । त्यसपछि उनी बाहिर जान्छन् । त्यसपछि अचानक जेसीबी सिधै एटीएममा प्रवेश गर्छ ।

एक्सिस बैंकको एटिएममा झण्डै ४४ लाख रुपैयाँ नगद थियो । तर चोरले चोरीको पैसा नलिई निस्केको बताइएको छ । यो खबर गाउँमा आगोझैं फैलियो । प्रहरी मध्यरातमा घटनास्थल पुगेको थियो ।

तर एटीएम बाहिर सीसीटीभी क्यामेरा र सुरक्षा गार्डको अभाव छ । यसले चोरहरूलाई राम्रो मौका दियो । अभियुक्त पत्ता लगाउनु प्रहरीका लागि ठूलो चुनौती बनेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एटीएम फुटाउन प्रयोग भएको जेसीबी पनि चोरीको थियो । चोरीको जेसीबी आज बिहान लक्ष्मीवाडी रोडमा फेला परेको प्रहरीले जानकारी गरायो । अरागको ग्राम पञ्चायत कार्यालय क्षेत्रमा अराग प्रहरी हेल्पलाइन सेन्टरको छेउमा एक्सिस बैंकको एटीएम छ ।

पेट्रोल पम्पमा पार्किङ गरेको जेसीबी मध्यरात करिब करिब १२ बजे चोरले चोरी गरेका थिए । त्यसपछि गाउँकै एटीएम सेन्टर नजिक जेसीबी ल्याएर त्यसैको मद्दतले एटीएम सेन्टर लुटिएको हो ।

त्यसपछि चोरहरूले जेसीबीको सहायताले एटीएम मेसिन लगेर केन्द्रबाट बाहिर फाले । सोही क्रममा जेसीबीको ठक्करबाट एटिएम मेसिन तीन टुक्रा भयो । स्थितिको अनुमान लगाएर चोरहरुले एटीएम मेसिन ५० मिटर टाढा फ्याँके । पैसा पनि त्यहीँ रह्यो । अनि चोरहरु जेसीबी लिएर भागेको बताइएको छ ।

 

सम्बन्धित खबरहरु