काठमाडौं । सरकारले भारतीयसहित १६ युट्युब च्यानल बन्द गरेको छ ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले देशको सुरक्षा, परराष्ट्र नीति र सार्वजनिक व्यवस्था विरुद्ध प्रचार प्रसार गरेको भन्दै १६ वटा युट्युब च्यानलमा प्रतिबन्ध लगाएको हो ।

जसमा १० भारतीय र छ वटा पाकिस्तानी युट्युब च्यानल रहेका छन् ।

सरकारले आईटी नियम, २०२१ को प्रयोग गर्दै यी च्यानलहरूलाई प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले जारी गरेको सूचना अनुसार यी युट्युब च्यानलहरूले जनतामा त्रास फैलाउन गलत र अपुष्ट सूचना दिने गरेका थिए ।

यसले साम्प्रदायिक सद्भावलाई खतरामा पारेको बताइएको छ । जसकारण सार्वजनिक व्यवस्था बिग्रने डर पनि थियो ।

युट्युबमा न्यूज च्यानलहरूको कुल हेराई ६८ करोडभन्दा बढी थियो । यसअघि पनि भारत सरकारले यही महिनाको सुरुमा २२ युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको थियो । त्यसमा चार पाकिस्तानी च्यानलहरू पनि थिए।

सम्बन्धित खबरहरु