खोटाङ । जिल्लाको सदरमुकाममा पर्ने साबिकको दिक्तेल गाउँ विकास समिति वडा नम्बर – १ बैयूँमा बुबा रघुनाथ आचार्य र आमा रुकमिनी आर्चायको कोखबाट माइलो सन्ताको रुपमा वि.सं. २०२४ साल भदौ २४ गते कुमार आचार्यको जन्म भयो ।

बाल्यकाल देखि अध्ययन प्राथमिक तहमा सरस्वति प्रा.वि पोखरी र पंञ्च माध्यामिक विद्यालय दिक्तेल हुँदै माध्यामिक तहमा सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो ।

अध्ययनकै क्रममा विद्यार्थी राजनीति अनेरास्वयूमा होमिनुभएका आचार्यलाई वि.सं. २०४४ सालमा दिक्तेल बजारमा पोष्टरिङ गर्ने क्रममा प्रहरीले पक्राउ ग¥यो । पक्राउ पश्चात आचार्यलाई प्रहरीले हिरासतमा राखि तत्कालीन अञ्चालाधीशको कार्यालय राजबिराजबाट तारिखमा छुट्नु भएको थियो ।

भूमिगत कालमै पार्टी सम्पर्कमा रही पार्टी सदस्यता प्राप्त गर्नुभएका आचार्य वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात वि.सं. २०४७ सालदेखि वि.सं. २०५२ सालसम्म तत्कालीन दिक्तेल गाउँ कमिटीको पार्टी प्रमुखको रुपमा रहेर काम गर्नुभयो ।

पार्टीका विभिन्न कमिटी हुदै वि.सं. २०५२ सालमा नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

त्यसको ४ बर्षमा उहाँ जिल्ला सचिवालय सदस्य हुनु भयो । सचिवालय सदस्य लामो समय चलाउनु भएका आचार्य ०७२ सालमा जिल्ला उप–सचिव हुनु भयो । सातौ जिल्ला अधिबेशनबाट उहाँ जिल्ला सचिवको पदमा निर्वाचित भएर काम गरिरहनु भएको छ ।

०५४ सालको स्थानिय निर्वाचनमा नगरोन्मुख दिक्तेल गाविसको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका आचार्यले ०५९ साल सम्म उपाध्यक्ष पदमा रहेर काम गर्न पाउनु भएको थियो । त्यसबेला देखि नै जनताका मनमनमा बसेर काम गर्नु भएका आचार्यको साख भने गुमेको छैन ।

उहाँ खोटाङमा काठमाडौ महानगरपालिकाको मेयरका लागि केसब स्थापित जतिकै पपुलर नेताको रुपमा चिरपरिचित हुनुहुन्छ ।

विभिन्न सङ्घ संस्थाहरुमा नेतृत्व सम्हाल्दै आउनुभएका आचार्य नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङमा कोषाध्यक्ष, खोटाङ उद्योग वाणिज्य सङ्घको सदस्य पदमा निर्वाचित भएर आम नागरिकको हितमा इमान्दार भएर काम गर्नुभयो । वि.सं. २०४८ सालदेखि पेशाको रुपमा निर्माण व्यवसायमा आवद्ध रही जिल्लाका अधिकांश ठाउँहरुमा विकास निर्माणका कामहरुसमेत गर्नुभयो ।

वि.सं. २०५६ सालदेखि २०६६ सालसम्म नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङको मूल नेतृत्व सम्हाल्दै निर्माण व्यवसायी महासङ्घ केन्द्रीय सदस्य पदमा निर्वाचितसमेत हुनुभएका आचार्य वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा साहदत प्राप्त गर्नुभएका सहिद मनोज जोशीको स्मृति प्रतिष्ठान खडा गरी सो प्रतिष्ठानको मूल नेतृत्वको जिम्मेवारी हालसम्म पनि सम्हाली राख्नुभएको छ । सरस्वती माध्यमिक विद्यालय दिक्तेलको विद्यालय व्यवस्थापन समिति सदस्यको रुपमा वि.सं. २०७४ सालदेखि २०७७ सम्म अनवरत रुपमा काम गर्नुभयो ।

यस्तै, दिक्तेलस्थित माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूलको संस्थापकको रुपमा वि.सं. २०५४ सालदेखि २०६३ सालसम्म रही स्कूललाई योगदान गर्नुभयो । हाल जिल्ला अस्पताल खोटाङको व्यवस्थापन समितिको सदस्यमा चयन भई हालसम्म निरन्तर अस्पतालको काम गर्दै आइरहनुभएका आचार्य दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्यमा काम गर्दै आइरहनुभएको छ ।

राजनीति सँगै समाज सेवामा तल्लिन आचार्य विहान उठे देखी बेलुका सुत्नेबेला पनि पार्टीको काममा अनाबरत रुपमा खटिरहनु भएको छ । उहाँ जनताका हरेका समस्याको समाधान गर्ने पहिलो व्यत्ति हुनु हुन्छ । प्रहरीमा सिफारिस लिन होस् या प्रशासनमा नागरिकता लिन विहान होस् या राति १२ बजे नि किन नहोस जनतालाई समस्या पर्दा पहिलो पटक उहाँकामा आउछन् र उहाँ समाधान गरेर पठाउँनु हुन्छ ।

कोही जिल्लाको मान्छे विरामी परेर अस्पताल ल्याउनु प¥यो या अस्पतालबाट रेफर गरेर हेलिकोप्टर मार्फत काठमाडौ पठाउनु प¥यो भने पहिलो फोन उहाँलाई आउछ कुमार जि हामी समस्यामा पर्यौ लुन सहयोग गर्नु प¥यो भनेर उहाँ कुनै झन्झट नगरि हस् हुन्छ भनेर समाधान गरि छाड्नु हुन्छ ।

कतिपय अबस्थामा त पैसा नहुदा सापटी खोजेर पनि समस्या समाधान गरिदिनु हुन्छ । अरु सवै नेताहरु जिल्लामा नरहे पनि कुमार भए जिल्लामा काम हुन्छ हामी बाहिरी काममा लाग्नु पर्छ भनेर पनि एमाले नेताहरु कुमारको भरमा पार्टीको काम छोडेर ढुक्क सगँ आफ्नो काममा लाग्नु हुन्छ ।

सवै गुणले भरिपुर्ण कुमार विगत ३० बर्ष देखि निरन्तर पार्टीको काममा तल्लिन हुनुहुन्छ । सामान्य किसान परिवारमा जन्मनु भएका आचार्यको जीवनशैली पनि सामान्य नागरिकको जस्तो छ ।

सवैका मन मनमा बस्नु भएका आचार्य ०७४ को स्थानिय तहको निर्वाचनमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदको दाबेदार हुनु हुन्थ्यो । पार्टीले जसलाई टिक दिन्छ म स्वीकार्छु भनेर जिल्लै बस्नु भयो ।

तर टिकट उहाँको आएन अहिलेका मेयर दिपनारायण रिजालले टिकट ल्याउनु भयो । तर उहाँ कुनै विचलित नभई आफ्नो टिमलाई जिताउन लाग्नु भयो र ५ वर्ष पार्टी सफल बनाउन लाग्नु भयो त्यसैको फलस्वरुप अहिले नेकपा एमालले उहाँको योगदानको कदर गरेर मेयर पदमा उम्मेदवार बनाएको छ ।

उहाँको उम्मेदवारी हेभी वेटको छ । जिल्लामा ५ दलीय गठबन्धन छ तर पनि एमाले भने गठबन्धन भन्दा बलियो छ । सिङगो नगरवासीकोे पनि उहाँको नेतृत्वमा सम्मृद्ध नगर सुखि नगरवासी बनाउने सपना छ । त्यो सपना पुरा गर्न हेभी वेटका आचार्यलाई सूर्य चिन्हमा मतदानगरी एक पटक जिताउन जरुरत छ ।

 

सम्बन्धित खबरहरु