काठमाडौ । टिकटकबाट करोडपति बनेका टिकटकस्टार अंशु बर्माले राजनीतिक दल रोज्नुभएको छ ।

उहाँ राप्रपामा प्रवेश गर्नुभएको छ ।

उहाँले भिमदत्त नगरपालिकामा राप्रपाका मेयर उम्मेदवार गजेन्द्र बहादुर चन्द र उपमेयर हेलन श्रेष्ठलाई सहयोग गर्न अघि सर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

उहाँ आजबाट राप्रपाको लाइनमा देखिएको पुष्टि भएको हो ।

पछिल्लो समय उहाँ “हामी त्यहाँ पुग्नेछौ, जहाँ जरुरत छ” नारा लिएर विभिन्न अप्ठ्यारामा परेका मानिसहरुलाई सहयोगसमेत गर्दै आउनुभएको छ ।

टिकटकमा विभिन्न भिडियोहरु बनाएर आयआर्जन गरेर उहाँले काठमाडौँमा घरसमेत किनिसक्नुभएको छ ।

नेपालमै टिकटक बाट दिनमै लाखौ कामाउन सकिन्छ भन्ने बर्मा एक उदाहरण हुनुहुन्छ ।

कन्चनपुरका अंशु बर्माले टिकटकमा लाईभ बसेर दिनको १ लाख भन्दा बढि कमाएको रेकर्ड छ ।

टिकटमा उहाँ दिनको १४ घण्टा भन्दा बढि लाईभ बस्नुहुन्छ । अंशुले टिकटककै कमाईले अहिले सम्म महेन्द्रनगरमा एउटा घर, गाडि र काठमाडौमा घर किन्नुभएको छ ।

अंशुको उमेर अहिले २२ बर्षको हो । उहाँ स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । मिठो बोल्ने अंशु सबैका प्रिय हुनुहुन्छ । त्यसैले पनि होला अंशुको टिकटक लाईभमा हजारौ जना जोडिएका हुन्छन ।

मेरा प्यारा धड्कनहरु लाईभमा आउनुस् न भन्दै मुसुक्क हाँस्दा सबै लठ्ठ हुन्छन् । उहाँले फलोअर्स बढाउने खेल समेत खेलाउँनुहुन्छ । यसैले उहाँ चर्चित हुनुहुन्छ ।

सम्बन्धित खबरहरु