तुलसीपुर, १६ माघ ।
तुलसीपुर घोराही सड्क खण्डको पर्सैनीमा भएको मोटर साईकल दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ । मृतक ढिकपुर चार बस्ने २९ वर्षे आशिष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।

दुर्घटना कति वेला भएको र त्यसमा कति जना सवार थिए भन्ने एकिन हुन नसकेपनि दुर्घटना ग्रस्त मोटर साईकल र मृतक चौधरीको शब आज विहान ७ बजे मात्रै देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । डिएसपी जोशीका अनुसार घटनाको प्रकृति हेर्दा मृतक चौधरी घोराहीवाट तुलसीपुर आउँदै गरेको जस्तो देखिएको छ ।

मृतक चौधरी सवार रा २ प २६६६ नम्बरको मोटर साईकल चोरी गरेर ल्याएको समेत  प्रहरीले बताएको छ । अत्यधिक गतिका कारण अनियत्रिय भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

सम्बन्धित खबरहरु