काठमाडौं । नेपालमा परिवार नियोजनको अस्थायी साधन कन्डम आयात रोचक तरिकाले कम भएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा कन्डम आयात घटेको हो ।

चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट १३ करोड ९८ लाख रुपैयाँको कन्डम आयो, जुन, गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४ करोड ९५ लाख रुपैयाँ कम छ ।

विभागका अनुसार गत आर्थिक वर्षको ९ महिने अवधि (साउन–चैत) सम्ममा १८ करोड ९३ लाख रुपैयाँको कन्डम भित्रिएको थियो ।

त्यस अवधिमा विदेशबाट ५ करोड २२ लाख ५३ हजार वटा कन्डम नेपाल ल्याइएको जानकारी दिइएको छ । तर चालू आर्थिक वर्षको ९ महिनामा १ करोड ४० लाख ६४ हजार वटा मात्रै कन्डम भित्रियो ।

तपाईंलार्ई जानकारी गराउ कि गत आर्थिक वर्षभरीमा कूल २४ करोड ३८ लाख रुपैयाँको कन्डम नेपाल भित्रिएको थियो ।

गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड १० लाख ८ हजार वटा कन्डम आयात गरिएको हो । गत बर्ष कडा लकडाउन थियो । मानिसहरु घरमा नै थिए ।

यो बेला कण्डमको प्रयोग उच्च भएको सरकारी अनुमान छ । अहिले मानिसहरु काममा फर्किएका छन् । व्यस्तताका कारण कण्डमको प्रयोगमा कमी आएका कारण आयोतपनि कम भएको भनाई छ ।

सम्बन्धित खबरहरु