काठमाडौं । बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । बा६१प ८९८८ नम्बरको स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटनामा परेको थियो ।

File

डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा वीर अस्पतालमा आज (सोमबार) बिहानपख पौने २ बजे मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घटनाको पुष्टि गर्यो । जानकारी अनुसार नयाँबानेश्वरबाट माइतीघरतर्फ गइरहेको बेला स्कुटर अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो ।

सम्बन्धित खबरहरु