काठमाडौं । एक महिलाले हालै आफ्नो बिरालोसँग विवाह गरिन् । यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

तर यो कुरा सत्य हो । यो बिरालोको नाम इन्डिया हो । बिरालोसँग बिहे गर्ने महिलाको नाम डेबोरा होग हो । उनी लण्डन निवासी हुन् ।

हगले उनको बिरालोसँग विवाह गर्नुको कारण थप रोचक छ । जहाँ उनी भाडामा बस्दै आएकी थिइन्, त्यहाँ उनको बिरालो पनि बस्न सकोस् भनेर उनले विवाह गर्ने निर्णय गरेकी हुन् ।

किनभने यसअघि उनलाई घरधनीहरूले भाडामा बस्दा जनवार राख्न नपाउने बताउँदै आएका थिए । त्यस्तो अवस्थामा युवतीले यो जुक्ति निकालेर बिरालोसँग बिहे गरिन् ।

होगले दक्षिण पश्चिम समाचार सेवालाई भनिन्, ‘उनी (बिरालो) कानुनी रूपमा मेरा बच्चाहरू पछि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग हो ।

बिरालोसँग बिहे गरेर, म मेरो भावी घरधनीहरूलाई हामी तपाईसँग प्याकेजको रूपमा बस्न आउनेछौं भन्न सक्षम हुनेछु । यस्तो अवस्थामा हामी कुनै पनि हालतमा अलग हुन सक्दैनौं ।’

हगका अनुसार बिरालो उनको लागि उनको बच्चाहरु जस्तै महत्त्वपूर्ण छ । उनले भनिन्, ‘म सडकमा सुत्न सक्छु तर बिरालोलाई छोड्दिनँ ।’

तपाईंलाई जानकारी गराउ यसअघि उनले आफ्ना दुई वटा कुकुरलाई छाड्नुपरेको थियो । किनभने उनको घरधनीले उनलाई घरबाट निकाल्ने धम्की दिएका थिए । त्यस समयमा, बिरालो पनि छोड्नु पर्यो ।

४९ वर्षीय हगले अप्रिल १९ मा साउथ ईस्ट लन्डनको एउटा पार्कमा बिरालोसँग विवाह गरेकी हुन् । त्यस समयमा त्यस जोडीले टक्सेडो शैलीको पोशाक पनि लगाएको थियो ।

किनभने बिरालो टक्सेडो प्रजातिको हो । त्यस विवाहमा हगका साथीहरू पनि उपस्थित थिए । सन् २०२० मा यो बिरालोको दुर्घटना भएको हगले बताइन् । यसअघि घरधनीको आपत्तिका कारण उनले ३ वटा घरपालुवा जनावर पनि साथमा ल्याउन सकेकी थिइनन् ।

किनभने घरधनीहरूले जनावर पाल्न निषेध गर्थे । जसकारण उनले आफ्ना तीन वटा घरपालुवा जनावरलाई अन्यत्र सार्नुपर्यो ।

 

सम्बन्धित खबरहरु