काठमाडौं । के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि एक व्यक्ति एकै पटक तीन जना महिलासँग लिभइन रिलेशनमा बसे ।

रोचक कुरा के भने ती महिलाहरूलाई कुनै आपत्ति छैन् । अझ अचम्मको कुरा के छ भने ती व्यक्तिले तीनै जनालाई एउटै मण्डपमा एकसाथ बिहे पनि गरेका छन् । न परिवारले विरोध गर्यो न गर्लफ्रेन्डले न समाजले केहि भन्यो ।

हो ! यस्तै एउटा अचम्मको घटना अहिले बाहिर आएको छ । जसमा एक आदिवासी समाजका व्यक्तिले तीन वटा बिहे गरेका छन् ।

जानकारी अनुसार उनी विगत १५ वर्षदेखि तीन जना प्रेमिकासँग लिभ इन रिलेशनमा बस्दै आएका थिए ।

त्यस क्रममा उनका ६ सन्तान पनि भए । अहिले ती व्यक्तिले तीनै जनालाई एउटै मण्डपमा आदिवासी परम्परा अनुसार विवाह गरेका हुन् ।

चाखलाग्दो कुरा के छ भने, उनको विवाहमा उनका आफ्नै छोराछोरीले गज्जब नाँचगान पनि गरेका थिए । यो घटना नेपालको भने होईन । भारत, मध्य प्रदेशको अलीराजपुरको नानपारमा यस्तो रोचक घटना भएको हो ।

गाउँका पूर्व सरपञ्च समर्थ मौर्य मोरी फलियाका बासिन्दा हुन् । उनी १५ वर्षअघि एक महिलासँग प्रेममा परेपछि उनीसँग बस्न थालेका थिए ।

त्यसपछि उनले थप दुई केटी मन पराउन थाले । त्यसयता उनी आफ्ना तीन जना प्रेमिकासँग एउटै छानामुनि लिभ इन रिलेशनमा बस्दै आएका थिए ।

जानकारी अनुसार आदिवासी समाजमा प्रेमी–प्रेमिकाले एकअर्कालाई मन पराएमा बिहे नगरी सँगै बस्ने पूर्ण स्वतन्त्रता हुन्छ । त्यसका लागि विवाहको आवश्यकता हुँदैन । यससँगै पुरुषले चाहेमा एकभन्दा बढी महिलासँग बस्न पनि सक्छन् । मौर्यले अहिले आफ्ना तीन प्रेमिकासँग विवाह गरेका छन् ।

उनीहरुको आदिवासी परम्परा अनुसार विवाह भएको हो । विवाहको निमन्त्रणा कार्डमा तीनै श्रीमतीको नाम सँगै लेखिएको थियो ।

यति मात्र होइन, ती व्यक्तिको विवाहअघि ६ सन्तान पनि छन् । सोही समयमा, भारतीय संविधानको धारा ३४२ ले आदिवासी समाजको प्राचीन संस्कृति र रीतिरिवाजको संरक्षण प्रदान गर्दछ । अहिले यो अनौठो विवाह चर्चाको विषय बनेको छ ।

 

सम्बन्धित खबरहरु