काठमाडौ । भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आउनुभएको छ ।

उहाँ भिस्तारा एयरलाइन्सको विमानबाट अपराह्नमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

उहाँ नागपोखरीस्थित होटल मेरियटमा बस्नुभएको छ ।

उहाँको यो कार्यक्रम निजी भएको प्रहरीले जनाएको छ। उहाँ कंग्रेस आइका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

नेपाल चुनावमा होमिएका बेला यो उच्च तहका भारतीय नेताको आगमन अर्थपूर्ण तरिकाले हेरिएको छ ।

उहाँ पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा सहभागि हुन काठमाडौं आएको बताइएको छ ।

सुम्‍निमा उदास गान्धीको साथि हुनुहुन्छ । यो बीचमा उहाँले ५ दिन नेपालमा बिताउने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा गान्धीले रारा वा मुस्ताङ भ्रमणमा जान सक्‍ने बताइएको छ । गान्धी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार साँझ काठमाडौं पुग्नु भएको हो ।

कोरोना महामारीका कारण नेपालको पर्यटन प्रभावित भएको थियो । तर अहिले पर्यटकहरुको चाप विस्तारै बढ्न थालेको छ । यसअघि गान्धी विदा मनाउन प्रायः इटाली वा थाइल्यान्ड जाने जानुहुन्थ्यो । यो पटक उहाँ नेपाल आउनुभएको छ ।

 

सम्बन्धित खबरहरु