काठमाडौं । साउदी अरेबियाले अमेरिकासँगको सम्बन्धलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी अरेबियाको शाही परिवारसँग सम्बद्ध एक व्यक्तिले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताएका हुन् ।

जमाल खशोग्गीको हत्यापछि अमेरिकासँग साउदी अरबको सम्बन्ध बिग्रिएको थियो ।

खशोग्गीको हत्या साउदी एजेन्टले गरेका थिए । यमन युद्धका कारण यी दुई देशबीचको सम्बन्ध पनि बिग्रँदै गएको छ ।

साउदी नेतृत्वको गठबन्धनले सात वर्षदेखि हुथी विद्रोहीसँग लड्दै आएको छ । पछिल्लो समय साउदी अरब रुसतर्फ झुकेको देखिन्छ ।

युक्रेनमाथि हमला गरेपछि अमेरिका, युरोपेली संघ र अन्य देशले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाएपछि यसलाई विश्वकै सबैभन्दा बढी प्रतिबन्ध लगाइएका देशहरूमध्ये एक बनाए पनि संयुक्त अरब इमिरेट्सले रुसमाथि अहिलेसम्म कुनै प्रतिबन्ध लगाएको छैन ।

 

सम्बन्धित खबरहरु