पाल्पा, १६ माघ ।
पाल्पामा एक जना युवाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको सोमादी वडा नं. ८ घर भएका २१ बर्षका अनिल भण्डारीको क्षतविक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सदरमुकाम तानसेन स्थीत जिल्ला अस्पताल नजिकै हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो ।अनिलको हत्या भएको हुन सक्ने प्रहरीको ठहर छ ।
हत्यामा तीन जना संलग्न रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा पत्ता लगाएको छ । हत्या पछि फरार भएका तीनै जनालाई नवलपरासीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट सही टोपबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टालीले नवलपरासीको देउगाउँबाट उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।
गएराती पक्राउ गरिएका उनिहरुलाई आज पाल्पा प्रहरी ल्याइने प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घट्नाको अनुसन्धान भईरहेको र एक दुई दिनमा घट्ना बारे सार्वजनिक गरिने तयारी भइरहेको छ ।