काठमाडौं । आज नेपालमा सुनको मूल्य घटेको छ । आज प्रतितोला ६ सय रुपैयाँले सुन घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ६ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बिहीबार प्रतितोला सुनको मूल्य ९८ हजार ६ सयमा कारोबार भइरहेको थियो । अर्कोतिर तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको महासंघले जानकारी गराएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोलाको १३ सय ०५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित खबरहरु