एजेन्सी।मेक्सीकोको एक बालअस्पताल अगाडी ग्यास बोकेको ट्यांकर विस्फोट हुदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस बालबालिका र महिला भएको बताईएको छ । विस्फोटबाट १ दर्जन भन्दा धेरै मानीस धाईते हुनाका साथै विस्फोट पछि फैलिएको ग्यासले कयौ मानिसको स्वास्थमा असर गरेको बीबीसीले जनाएको छ । ग्यास ट्यांकर विस्फोटबाट अस्पतालको केही भाग सहित आसपासका केही भवनहरुमा समेत क्षयती पुगेको छ ।
विस्फोटको समय अस्पताल भित्र १०० जना भन्दा धेरै रहेका थिए । बिस्फोट इन्जिनमा भएको खराविका कारण भएको अधिकारीहरुले जनाएका छन् ।