काठमाडौं । नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको हो । त्रिवि शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह दोश्रो बर्षको नतिजा प्रकाशित गरिएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले २०७८ बैशाख र श्रावण महिनामा संचालन गरेको परीक्षाको नतिजा आइतबार (आज) प्रकाशित गरेको हो । केन्द्रीय परिक्षा संचालक समितिको निर्णय अनुसार विश्वविद्यालयले शिक्षाशास्त्र संकाय चार बर्षे स्नातक तह दोश्रो बर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ ।

प्रकाशित नतिजा विश्वविद्यालयको वेबसाईट www.tuexam.edu.np मा हेर्न सकिने जनाएको छ । त्यसैगरी नेपाल टेलिकमको १६४२ डायल आउने प्राप्त निर्देशन अनुसार पनि जानकारी पाउन सकिने छ । मोबाइलमा B.ED. (space) Roll No. टाइप गरी ३३६२४ मा पठाएर लब्धाङ्क प्राप्त गर्न सकिने त्रिविले जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु