काठमाडौं । एक भारोत्तोलनकी खेलाडी मृत फेला परेकी छिन् । सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले चौधरी मृत फेला परेको बताउनुभयो । बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा उहाँको शव फेला परेको थियो ।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । हालसम्म घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन् । प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेको छ ।

शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी थालेको छ । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा उहाँले भाग लिनु भएको थियो ।

नेपालगञ्जकी सञ्जुले १३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जित्नुभयो । उहाँ प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहनु भएको थियो ।

सम्बन्धित खबरहरु