काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा तीन दिन कैद र १० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका खड्कीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको खड्कीकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । खड्कीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

सम्बन्धित खबरहरु