काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बुधबार बसेको मन्त्रालयको बैठकले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

उहाँले हप्तामा दुई दिन बिदा गर्दा पाँच दिन १० देखि ४ बजेसम्म समय कायम हुने बताउनुभयो । ‘‘शुक्रबार आधा दिनको साट्टा पूरा दिन हुन्छ ।’’

उहाँले भन्नुभयो, ‘‘हिउँदे, वर्षे र पर्व बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिन्छ ।’’ यसअघि हिउँदे, वर्षे र पर्व बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।

उहाँका अनुसार हिउँदे, वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा पाँच दिन गरी ५० दिन बिदा पाउने व्यवस्था छ । यी बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाइने जानकारी उहाँले दिनुभयो ।

[caption id="attachment_387377" align="aligncenter" width="906"]Education Education[/caption]

सम्बन्धित खबरहरु