काठमाडौं । बागलुङकी स्वतन्त्र उम्मेदवारमाथि पैसा बाँडेको आरोप लागेको छ । मौन अवधि सुरु भएपछि बुधबार राति बागलुङको बिरकोटमा फेला परेकी गलकोट नगरपालिकाको मेयर पदकी उम्मेदवार मञ्जु शर्मा चालिसेमाथि यस्तो गम्भीर आरोप लागेको हो ।

उक्त आरोपमा प्रहरीले केहीबेर सोधपुछ गरेर छोडेको छ । स्थानीयले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको भनेर आरोप लगाएका थिए । तर पनि मञ्जुले भने चुनावमा आफ्नो एजेन्ट राख्ने विषयमा कुराकानी गर्न गएको बताउनु भएको छ ।

बुधबार राति बिरकोटका एकजना स्थानीयले मञ्जुले चुनाव प्रचार गरिरहेको बताएका थिए । उनले मतदातालाई पैसा बाँडेको भन्दै प्रहरी चौकी हटियामा खबर गरेका थिए । त्यसपछि इन्सपेक्टर डेकेन्द्र रेग्मीसहितको टोली सो स्थानमा पुगेको हो ।

स्थानीयले विरोध जनाउन थालेपछि र दुवै पक्षबीच झडप हुनसक्ने स्थिति देखिएको थियो । तनाव बढ्ने देखिएपछि शर्मालाई प्रहरीले नजिकैको बिरकोट प्रहरी चौकीमा ल्याएर राखेको थियो । तर प्रहरीमा सूचना पुगेजस्तो पैसा नै बाँडेको प्रमाण भने फेला परेको छैन् ।

सम्बन्धित खबरहरु