संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल९नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए।

‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल–नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ,’ आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ । युएईका राष्ट्रपति र अबु धाबीका शासकको निधन भएपछि तुरुन्तै राष्ट्रभर शोकको लहर छाएको छ । ४० दिने शोकको घोषणा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको मामिला मन्त्रालयले आजदेखि ४० दिनसम्म आधिकारिक शोक घोषणा र झण्डा आधा झुकाएर तीन दिनसम्म मन्त्रालय, संघीय विभाग, स्थानीय निकाय र निजी क्षेत्रको काममा अवरुद्ध गर्ने घोषणा गरेको छ ।’

यो राष्ट्रपतिको मामिला मन्त्रालयले पारित गरेको घोषणा गरेको हो । राष्ट्रपतिको मामिला मन्त्रालयले युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा यूएई, अरब र इस्लामिक राष्ट्र र विश्वका जनताप्रति समवेदना प्रकट गर्दछ भनिएको छ । शेख खलिफा नोभेम्बर २००४ मा युएईका राष्ट्रपति बनेका थिए ।

आफ्ना पिता, स्वर्गीय महामहिम शेख जायद बिन सुल्तान अल नाह्यानको निधनपछि युएईका राष्ट्रपति बनेका थिए । यूएईका संस्थापक शेख जायद बिन सुल्तान अल नाह्यान, जसले १९७१ देखि देशको पहिलो राष्ट्रपतिको रूपमा सेवा गरेका थिए ।

सम्बन्धित खबरहरु