कमाठमाडौ । आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा गोली चलेको छ ।

सन्काहा इन्सपेक्टरले अनाहकमा गोली चलाएर स्थानीयलाई मारेको गुनासो छ ।

उदयपुरको सोरुङछबिसे मतदान केन्द्रमा खटिएका प्रहरी इन्सपेक्टरको झर्कोफर्को हैकमि ब्यवहारले दिनभरी नै सबैलाई आजीत गराएको थियो ।

निर्वाचन सम्पन्न भइसकेको थियो । मतदाताहरू धेरैजसो आ–आफ्ना घरतिर गैसकेका थिए । फाट्टफुट्ट थोरै मतदाता मात्र बाँकि थिए ।

निर्वाचन सकियो । तिमीहरू गैहाल भन्दै त्यो इन्स्पेक्टरले फाट्टफुट्ट बाँकिरहेका ती मतदाताहरूमाथि गर्जिनथाल्यो । उस्को गर्जाईपछि करिव–करिव सबै गैसकेका थिए । दुई–चार जना अझै बाँकि थिए ।

बाँकिरहेका दुई–चारजनालाई ताकेर इन्स्पेक्टरले गोली चलायो स्थानीयले भने । स्वतन्त्र उम्मेदवार गौरवबहादुर कटुवालको २१ वर्षे छोरो नवीनलाई गोली लागेर ठाउँकोठाउँमै ढल्यो र प्राण गयो । अर्को १३ बर्षे बालक मोहन श्रेष्ठलाइ गोली लागेकोले अवस्था गम्भीर छ्र ।

मतदान केन्द्रमा रहेका कर्मचारी र अन्य प्रहरीले समेत हाम्रो इन्स्पेक्टर साहेब सन्की भएकाले अनावश्यक गोली चलाएर हत्या गरे भनिरहेका छन्।

यद्यपी प्रहरीले भने यो घटनालाई दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको र अर्का एकजना घाइते भएको बताएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो ।

दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार के कारणले दोहोरो झडप भएको हो र प्रहरीले हवाई फायर गर्नुपरेको भन्ने विषयमा अझै सूचना प्राप्त भइनसकेको बताउनुभयो ।

अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेर शान्ति स्थापनाका लागि घटनास्थललाई घेरा हालेको छ ।

घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट अन्यत्र लाने तयारीसमेत भइरहेको प्रजिअ यादवले बताउनुभयो ।

घटनाका बारेमा अझै सबै कुरा आइनसकेका कारण आफूहरुले पनि अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताउनुभयो । घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा रहेको पनि प्रजिअ यादवले बताउनुभयो ।

सम्बन्धित खबरहरु