अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।

वडा नम्बर १ मा गणना भएको २०० मतमध्ये एमालेले अध्यक्षमा १०१ मत पाएको छ भने गठबन्धनका उम्मेदवारले ५५ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेले १०४ मत पाउदा गठबन्धनका उम्मेदवारको ५१ मत छ ।

वडाध्यक्षमा एमाले उम्मेदवारको १०२ र गठबन्धनका उम्मेदवारको ५७ मत छ ।

मालारानी गाउपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चा सहितको गठबन्धन भएको छ भने एमाले एकल प्रतिस्पर्धामा रहेको छ ।

 

सम्बन्धित खबरहरु