काठमाडौं । प्यूठानमा सत्ता गठबन्धनको सुरुवाती अग्रता कायम रहेको छ ।

प्यूठान नगरपालिकामा सत्तारुढ दलको गठबन्धनले सुरुवाती अग्रता लिएको हो ।

गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योगीले ५ सय २६ र एमालेका विजयविराज विष्टले ३ सय ४८ मत पाउनु भएको छ ।

जानकारी अनुसार यो वडा नम्बर १ को मतपरिणाम हो । मतगणना जारी रहेको छ ।

उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका देबेन्द्र बर्माले ५ सय ६१ र एमालेकी पवित्रा जिसीले ३ सय ४० मत पाउनु भएको छ ।

उक्त परिणाम ९ सय ७७ मत गणनाको हो । तपाईंलाई जानकारी गराउ कि प्यूठान नगरपालिका १ मा यस अघि नेपाली कांग्रेसले जितेको थियो । नगरपालिकाभरी कुल १९ हजार २ सय ९ मत खसेको छ ।

सम्बन्धित खबरहरु