काठमाडौ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार सुरेन्द्र लामा विजयी हुनुभएको छ । उहाँसहित प्यानलै विजयी भएको हो ।

अध्यक्ष लामाले ८४५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले ४७४ मात्र मत ल्याउनुभयो ।

त्यसैगरी नगर प्रमुखमा एमालेले अग्रता बढाएको छ । एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाउनुभएको छ ।

उमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाउनुभएको छ । उहाँलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहनुभएको छ ।

सम्बन्धित खबरहरु