काठमाडौ । माओवादीले डोल्पाबाट स्थानीय तहमा जितको खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी हुनुभएको छ । उहाँले ७५९ मत ल्याउनुभयो भने उहाँकी प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाउनुभयो ।

६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

वडानम्बर १मा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी हुनुभयो माओवादीका प्रकाश रोकायले ६६ मत ल्याउनुभयो ।

वडा नम्बर २ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मतका साथ विजयी हुनुभयो भने माओवादीका विमल बुढाथोकी ६१ मत ल्याएर दोस्रो हुनुभयो ।

वडा नम्बर–३ मा एमालेका भक्तबहादुर बोहोराले १३४ मत ल्याएर विजयी हुँदा माओवादीका लालबहादुर बोहोराले १३२ मत ल्याउनुभयो ।

वडानम्बर ४ मा माओवादीका भीमप्रसाद बोहोरा २३३ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवारले ४३ मत ल्याउनुभयो ।

वडानम्बर ५ मा माओवादीकै भीमबहादुर बोहोरा १५२ मत ल्याएर विजयी हुनुभयो । एमालेका धनसिं बोहोरा ११७ मत ल्याएर दोस्रो हुनुभयो ।
वडानम्बर ६ मा एमालेका कालीबहादुर बुढा १५९ मत ल्याएर अध्यक्षमा विजयी हुनुभयो । यहाँ माओवादीका भक्तबहादुर बुढाथोकी १४४ मत ल्याएर दोस्रो बन्नुभयो ।

सम्बन्धित खबरहरु