काठमाडौ । स्थानीय तह निर्वाचनको देशभर मतगणा जारी रहेसँगै नतिजा आउन सुरू भएको छ। अहिलेसम्म ११ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ।

जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ।

त्यस्तै नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्र १ वटामा जित हात पारेको छ।

जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ। त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी

मनाङको चामे गाउँपालिका : नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी

मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी

मनाङको नासोँ गाउँपालिका स् नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका

डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी

डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र विजयी भएका पालिका
नेकपा माओवादीले डोल्पाबाट स्थानीय तहमा जितको खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याउनुभयो ।

सम्बन्धित खबरहरु