काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवार अगाडि रहनु भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले अग्रता लिएका हुन् ।

प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत ल्याउनु भएको छ । सुवेदी र दाहालबीच ४ मतको अन्तर रहेको जनाइएको छ ।

त्यसैगरी मेयर पदमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याउनु भएको छ । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ र एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बन्नु भएकी हिमला गुरुङले ३५ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु