काठमाडौ । काठमाडौं महानगरपालिकामा यो पटक एकदम रोचक मतपरिणाम आइरहेको छ ।

स्वतन्त्र उम्मेदवार वालेन्द्र (बालेन) साहले कसैले नसोचेको मत ल्याएर सबैलाई चकित बनाउँनुभएको छ ।

अहिलेसम्म ६ सय मत गणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार वालेन्द्र (बालेन) साहले १७८, नेपाली कांग्रेसका सिर्जना श्रेष्ठ १२० र नेकपा (एमाले) का केशव स्थापितले ११० मत ल्याउनुभएको छ ।

वडा सदस्यको मत गणनामा झमेला भएपछि मत गणना अझ ढिला भइरहेको छ ।

एउटा मतपत्र गन्न काठमाडौमा २० मिनेट लाग्ने गरेको छ । यहाँ सुशील थापा क्षेत्रीपनि स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । उहाँले मत प्राप्त गर्नुभएको छैन ।

ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ ।

नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकासहित आठवटा पालिकाको मतगणना सुरु भएको हो ।

जिल्लाका ८९ हजार ६८० मतदातामध्ये ६४ प्रतिशत अर्थात् ५७ हजार ८९१ मत खसेको थियो । यता मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा भने नेकपा एमालेका मनोजकुमार तुम्बाहाम्फेसहितको टोलीले बिजयी भएको छ।

सम्बन्धित खबरहरु