काठमाडौ । खोटाङको साविकको सदरमुकाममा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई एमालेले पछि पारेको छ ।

वडा नं. १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा (एमाले) का मेयर पदका उम्मेदवार कुमार आचार्यले १८ मत ल्याउनुभएको छ ।

यहाँका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका तिर्थराज भट्टराईले १२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपमेयरमापनि नेकपा (एमाले) का विणादेवी राईले अग्रता लिनुभएको छ । विणादेवी राईले १४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका विसन राईले १३ मत ल्याउनुभएको छ ।

यता वडा अध्यक्षमा भने नेकपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका नवराज राईले १९ मत ल्याउँदा नेकपा (एमाले) का गोपालचन्द्र आचार्यलाई ११ मत प्राप्त भएको छ ।

भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिनुभएको छ । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गर्नुभयो ।

यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेनु दाहालले ३७ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज अपराह्न ३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडाध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठले ४२ मत र नेपाली कांग्रेसका केशव महर्जनले २९ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

सम्बन्धित खबरहरु