काठमाडौ । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायम नै राख्नुभएको छ ।

आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ६६ मत प्राप्त गर्नुभयो । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाउनुभएको हो ।

यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहनुभएकी रेनु दाहालले ५१ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज अपराह्न ४ बजेसम्म गनिएका १५० मतमा यो परिणाम आएको हो । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अगाडी हुनुहुन्छ र राप्रपाकी हिमला गुरुङले उहाँलाईं पछ्याई रहनुभएको छ ।

यस्तै वडाध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठको उच्च अग्रता छ ।

नेपाली कांग्रेसका केशव महर्जनले उहाँलाई पछ्याइरहनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

सम्बन्धित खबरहरु