बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ ।

२०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहनुभएका उहाँ एमालेका महेन्द्र लिगलसँग पराजित हुनुभएको थियो ।

तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

त्यसपछि उहाँलाई पार्टीले कारबाही गरेको थियो । तर उहाँले नै बाजी मारिदिनुभयो ।

बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा पुग्नुभएको छ । वडा सदस्यहरु चारै जना कांग्रेसका विजयी हुनुभएको छ ।

सम्बन्धित खबरहरु