काठमाडौं । ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राख्नु भएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको सुरुवाती मतपरिणाम शनिबार (आज) आइरहेका छन् ।
यसबीच ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिनुभएको हो ।
प्रारम्भिक नतिजा अनुसार ५० मत गन्दा महर्जनले २८ मत ल्याएर सुरुवाती अग्रता लिनु भएको छ ।
त्यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १० मत प्राप्त गर्नुभएको छ । २०७४ मा पनि महर्जन र व्यन्जनकारबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसमा महर्जन विजयी हुनुभएको थियो ।