काठमाडौ । खोटाङको साविकको सदरमुकाममा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

वडा नं. १ बाट सुरु गरिएको मतगणनाको पछिल्लो नतिजामा नेकपा (एमाले) का उम्मेदवारलाई गठबन्धनको तर्फका सबै उम्मेदवारले अग्रता लिएका हुन् ।

पछिल्लो ताजा परिणाम अनुसार एमालेका मेयर पदका उम्मेदवार कुमार आचार्यलाई ६० मत प्राप्त भएको छ ।

यहाँका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका तिर्थराज भट्टराईले ८० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपमेयरमापनि गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । नेकपा (एमाले) का विणादेवी राईले ४६ मत पाउनुभएको छ ।

विणादेवी राईले मात्र ४६ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका विसन राईले ८८ मत ल्याउनुभएको छ ।

यता वडा अध्यक्षमापनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका नवराज राईले ७१ मत ल्याउँदा नेकपा (एमाले) का गोपालचन्द्र आचार्यलाई ४६ मत प्राप्त भएको छ ।

 

सम्बन्धित खबरहरु