काठमाडौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बन्नुभएका उम्मेदवारले जित निकालेसँगै देउवाको खिल्ली उडाइएको छ ।

डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ ।

एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

देउवाको गृह पालिका गन्यापधुरा–१ मा पर्दछ । उक्त वडाबाट कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याउनुभयो ।

उहाँसँग कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा पराजित हुनुभयो । चन्दले ५४४ मत ल्याएर दोस्रो बन्नुभयो । कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।

 

सम्बन्धित खबरहरु