काठमाडौं । बलिउड अभिनेता विक्की कौशलकी दुलही कट्रिना कैफको गर्भावस्थाको खबर सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा कट्रिना कैफका केही तस्बिर आएपछि फ्यानहरूले कट्रिना कैफ गर्भवती भएको अनुमान गर्न थालेका छन् ।

६ महिनाअघि विक्की कौशलसँग विवाह बन्धनमा बाँधिएकी कट्रिना कैफको बारेमा कतिपयले कट्रिना २ महिनाको गर्भवती भएको दाबी समेत गरेका हुन् । विक्की कौशलका प्रवक्ताले यसअघि यो खबरको खण्डन गरेका थिए ।

अब कट्रिना कैफको आगामी फिल्म ‘मेरी क्रिसमस’ को टोलीले पनि कट्रिनाको गर्भावस्थाको खबरलाई लिएर प्रतिक्रिया दिएको छ ।

टाइम्स अफइन्डियासँगको कुराकानीमा, कट्रिना कैफको टोलीले भनिन्, ‘हामी यस्तो राम्रो समाचार आएको थाहा पाउँदा धेरै उत्साहित थिएनौं ।’

टोलीले कट्रिना अझै आमा बन्न तयार नभएको र विवाहको शुरुवाती दिनको मजा लिदैै आफ्नो काममा ध्यान केन्द्रित गरेको खुलासा गरेको छ । कट्रिना कैफलाई सुरुदेखि नै सन्तान मन पर्छ ।

तर उनले केही अन्तर्वार्तामा विवाहपछि सन्तानको बारेमा पनि बताएकी थिइन् । विक्की कौशल र कट्रिना कैफ अहिले अमेरिकामा छुट्टीमा छन्, जहाँ दुवैले सँगै रोमान्टिक समय बिताइरहेका छन् ।

कट्रिना कैफले हालै एक रेष्टुरेन्टबाट विक्की कौशलसँगका केही तस्बिर शेयर गरेकी थिइन्, जुन निकै भाइरल भए । कामको कुरा गर्ने हो भने, कट्रिना कैफ हाल श्रीराम राघवनको निर्देशनमा बन्ने आफ्नो आगामी फिल्म मेरी क्रिसमसको सुटिङमा व्यस्त छिन् ।

यसका साथै फ्यानहरू उनको फिल्म ‘टाइगर ३’ लाई पर्खिरहेका छन् । ‘टाइगर ३’ मा कट्रिना कैफ फेरि एकपटक सलमान खानसँग काम गर्दैछिन् ।

 

सम्बन्धित खबरहरु