काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् ।

नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पायो । त्यसपछि खासै देखिएकी छैनन् । उक्त फिल्ममा सुरविनाको शीर्ष भूमिका थियो ।

फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन् ।

करिअरको खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् । तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ ।

ग्ल्यामरका कारण चर्चामा रहने सुरविनाले ‘छप्पन छप्पन २’, लुकामारी, होमवर्क, सुश्री, नाईके र झोले फिल्ममा अभिनय गरेकी छिन् ।

सम्बन्धित खबरहरु